Odapalika - The Fourth Estate - चौथो अंग
ताप्ली गाउँपालिकाको नयाँ प्रयोगः गाडी पालिकाको भाडा जनताको 

उदयपुर ।  उदयपुरको ताप्ली गाउँपालिकाले गाउँपालिका केन्द्रसँग सबै वडावासीलाई जोड्न सार्वजनिक यातायत सेवा सुरु गरेको छ । 

५ वटा वडा रहेको गाउँपालिकामा सडक असुविधाका कारण सार्वजनिक यातायत नचल्ने भएकाले गाउँपालिकाले बोलेरो खरिद गरेर स्थानीयसँग भाडा लिएर सेवा दिन थालेको छ । 

गाउँपालिकाका अध्यक्ष ढुंगराज विकका अनुसार पालिकाले खरिद गरेको बोलेरोले ५ वटा वडामै पुगेर नागरिकलाई पालिका केन्द्रसम्म बोक्ने सुविधा दिन थालेको छ । यसका लागि एक विसौनीबाट अर्को विसौनीसम्म पुग्न यात्रुले २० रुपैयाँ भाडा तिर्नुपर्छ । 

गाउँपालिकाले चालकको व्यवस्था गरेको छ भने सार्वजनिक यातायतको अभावमा घन्टौँ हिड्नुपर्ने पालिकावासीले अब वोलेराेमा भाडा तिरेर यात्रा गर्न पाउने छन् । 

अध्यक्ष विश्वकर्माका अनुसार सार्वजनिक यातायातलाई कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उनका अनुसार गाउँपालिकाले २ वटा कृषि  र एउटा स्वास्थ्य एम्बुलेन्सपनि संचालन गरिहेको छ । 

कृषि एम्बुलेन्सले गाउँमा उत्पादित मासु र तरकारी बजारसम्म पुर्याउँछन् भने विरामी बोक्न पनि एम्बुलेन्स खरिद गरिएको छ । 

‘कृषि एम्बुलेन्सले कृषकहरुद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजार पु¥याइदिने गरेको छ । गाउँपालिकाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा दिएका छौँ । अब सार्वजनिक यातायत थपेर सेवा दिन थालेका छौं,’ अध्यक्ष विश्वकर्माले वडापालिकासँग भने । 

यसअघि पालिकाले कृषि र मासुजन्य उत्पादनमा कृषकलाई अनुदान दिदै आएको भएपनि यो कार्यक्रम प्रभावकारी नदेखिएपछि नयाँ योजना बनाएर अघि वढ्न खोजेको उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update