Odapalika - The Fourth Estate - चौथो अंग
केही प्रदेशमा बिहानैबाट पानी, यी क्षेत्रमा जाँदा छाता चाहिने 

काठमाडौँ । आज पनि देशका केही भू–भागमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली भइरहँदा बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको भनाइ छ । बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोविभागले जनाएको छ । 

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भने गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update