Odapalika - The Fourth Estate - चौथो अंग
चौरजहारी नगरपालिकाको नगरसभा सदस्य पुनको निधन, शोक मनाउन सार्वजनिक विदा

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको नगरसभा सदस्य तथा वडा नम्बर १४ की वडा महिला सदस्य धनसरी पुनको निधन भएको छ ।

लामो समयसम्म ज्वरो आएपछि उपचारको लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएकी पुनको भदौ २४ गते विहान ४ बजे निधन भएको हो । नगरसभा सदस्य तथा महिला वडा सदस्य पुनको निधन भएपछि नगरकार्यपालिकाको आकस्मिक बैठक बसेको थियो । सो बैठकले आज (भदौ २४ गते सोमबार) शोक मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाका मेयर पुष्प वादीले जानकारी दिए ।

मृतक पुन ४७ वर्षकी थिइन् । उनका श्रीमान तथा २ छोरा र ३ छोरी छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update