Odapalika - The Fourth Estate - चौथो अंग
नवनियुक्त प्रधानसेनापति सिग्देलले सम्हाले नेपाली सेनाको कमाण्ड 

काठमाडौँ । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

साथै राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न लगाइदिएका छन् । 

यसअघि सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृतरथी सिग्देललाई सरकारले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । उनले गएको साउन २५ गतेदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रधानसेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि समाप्त भई सोमबारदेखि नै अनिवार्य अवकाश पाएपछि उनलाई नेपाली सेनाको कमाण्डको जिम्मेवारी दिइएको हो । सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले सोमबारदेखि औपचारिक रूपमा कमाण्ड सम्हालेका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update