Odapalika - The Fourth Estate - चौथो अंग
श्रमदानबाट सडक खनिरहेका अरुण गाउँपालिकाका स्थानीय 

काठमाडौँ । वर्षाका कारण स्थानीय सडकमा क्षति पुगेपछि  भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासी श्रमदानबाटै सडक मर्मत गर्न जुटेका छन् । 

सडक हिलाम्मे भएर आवतजावतमा समस्या भएपछि स्थानीयले श्रमदानबाटै सडक खुलाएको जनप्रतिनिधिहरुले बताएका छन् । 

वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँले भेला भएर यहाँका विकास निर्माणका क्षेत्रमा काम गरिहेका छन् । 

सडक अवरुद्ध भएपछि  स्थानीयवासीको सक्रियतामा श्रमदान गरेर बाटो मर्मत गर्ने, हिलो भएको स्थानमा ढुङ्गा बिछ्याउने, सडकको नाली कटाउनेलगायत काम गरिएको वडासचिव अशोक अधिकारी बताउँछन् । 

वडा कार्यालयको अनुरोध तथा स्थानीयवासीको सक्रियतामा सिक्रेटार बजारबाट लुङछुङसम्मको बाटो मर्मत गरिएको वडाध्यक्ष कुमार थापाले जानकारी दिए । श्रमदानमार्फत विभिन्न सडक मर्मतसँगै सरसफाइको काम भइरहेको उनको भनाइ छ ।

सडक बिग्रिएर आवतजावतमा समस्यापछि वडाको अगुवाइमा श्रमदान अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ ।

श्रमदान अभियानलाई निरन्तर रूपमा अघि बढाउने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ । श्रमदानमार्फत जरायोटार प्रहरी चौकीबाट पाडेखोलासम्मको सडक मर्मत गरिएको छ । त्यस्तै सिक्रेटार बजारसहित वडा तथा स्वास्थ्य कार्यालय आसपास क्षेत्रको सरसरफाइ गरिएको वडा कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update