Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछाने भन्छन्– सहकारीको रकम गलत ढंगले गोर्खा मिडियामा आएको हो, तर मेरो संलग्नता छैन 
फाइल तस्बिर

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले सहकारीको रकम गलत ढंगबाट गोर्खा मिडिया आएको स्वीकार्दै आफ्नो संलग्नता नरहेको बताएका छन् । 

सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगबाट आएको भए पनि त्यसमा आफ्नो संलग्नता भने नरहेको जिकीर गरे । 

आफू गोर्खा मिडियामा भएकै कारण आफूले अरुले गरेको गल्तीको जिम्मेवारी नलिने भन्दै उनले सहकारीबाट गलत ढंगबाट गोर्खा मिडियामा पैसा ल्याउने कार्यमा आफ्नो संलग्नता नरहेको जिकीर गरे । 

संसदीय छानबिन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिने विश्वास व्यक्त गरेका उनले सहकारीबाट भएका पीडितलाई न्याय दिनुपर्ने बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update