Odapalika - The Fourth Estate - चौथो अंग
मेयर बालेनलाई रघुजी पन्तले भने– जनताको हितमा काम गर्नुस्, हाम्रो समर्थन हुन्छ

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले जनताको हितअनुसार राम्रो काम गरेमा एमालेको समर्थन रहने काठमाडौँ महानगरका मेयर बालेन शाहलाई बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले मेयर बालेनलाई जनताको हितमा काम गर्न सुझाव दिएका हुन् । 

उनले बालेनलाई भने, ‘काठमाडौँ महानगरका मेयरज्यूलाई पनि के आग्रह गर्छु भने जनताको हितमा कदम चाल्नुस्, राम्रो कुरा गर्नुस् न । काठमाडौंका मेयरले राम्रो काम गर्दा त राम्रै भनिन्छ नि ! उहाँले एउटा काम सुरू गर्नुभएको थियो त्यो कहाँ पुग्यो थाहा छैन । अंग्रेजी नाम राखेका थुप्रै स्कुलहरू छन् तीनिहरूको नाम नेपालीमा राख्नुप¥यो भनेर । कानुनअनुसार त गर्नुपर्ने त्यही हो । त्यो लागु गर्न खोज्नु भएको भन्ने सुन्या थियो । त्यो कहाँ पुग्यो ? त्यो गर्नुपर्ने काम हो । तर, जुन काम गर्दा जनतालाई मर्का पर्छ, जुन काम हिजो कानुनले महानगरपालिकाको नियमले नेपाल सरकारको कानुन पूरा कार्यान्वयन गरेर गरिएको छ, त्यसलाई उल्ट्याउन लाग्दा जनताले कसरी सुरक्षित ठान्ने ?’

मेयर बालेन जनताको हितविपरीत काम नगर्न सुझाव दिँदै उनले विनाछलफल सूचना जारी गर्दा काठमाडौँवासी त्रसिद भएको बताए ।  

सर्वोच्च अदालतबाट खोला किनारमा थप अर्को २० मिटर छोड्नु पर्ने गरी भएको फैसलालाई सरकारले पुनरावोलनक वा भ्याकेटमा जानुपर्ने उनको भनाइ छ । नदी किनारमा थप २० मिटर छाड्ने आदेश र काठमाडौँ महानगरको सूचनाले काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पादाप्रति जोखिम बढेको सांसद पन्तको भनाइ छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update