Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरले विद्यालयमा चिनियाँ भाषा पढाउने, चीनबाट आए शिक्षक 

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकाले विद्यालयमा चिनियाँ भाषा पढाउने भएको छ । नेपालस्थित चिनियाँ दूतावाससँग सम्झौता गरेको पोखरा महानगरले १० सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको हो ।

पोखराका १० सामुदायिक विद्यालयमा निःशुल्क चिनियाँ भाषाका कक्षा सञ्चालन गर्न चिनियाँ दूतावास र पोखरा  महानगरबीच आइतबार सम्झौता भएको मेयर धनराज आचार्यले जानकारी दिए । 

यसका लागि १० जना स्वयंसेवक चिनियाँ भाषाका शिक्षक चीनबाट पोखरा आइसकेका छन् । अंग्रेजी भाषालाई माध्यामभाषा बनाएर पहिलो चरणमा एक वर्षसम्म  १० विद्ययालयमा चिनियाँ भाषाका थप ( अतिरिक्त ) कक्षा सँञ्चालन हुने मेयर आचार्यले जानकारी दिए । 

उनका अनुसार अनुसार पार्दी माध्यमिक विद्यालय, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेमजा, विष्णु पादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा निःशुल्क चिनियाँ भाषा पढाइनेछ । 

यही भदौ २७ गतेदेखि निःशुल्क चिनियाँ भाषाको कक्षा सञ्चालन हुने मेयर आचार्यले जानकारी दिए। मातृभाषाबाहेक थप भाषाको ज्ञानले भविष्यमा व्यक्तिगत रुपमा सँगै पर्यटन प्रबर्द्धनमा  समेत सहयोग पुग्ने विश्वास लिएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update