Odapalika - The Fourth Estate - चौथो अंग
सहकारीपीडितले देखाए रवि लामिछानेलाई कालो झण्डा

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झण्डा देखाइएको छ । रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन पोखराका आएका लामिछानेलाई सहकारीपीडितले कालो झन्डा देखाएका हन् ।

लामिछानेलाई कालो झण्डा देखाउँदै सहकारीपीडितसहितले नाराबाजी गरेका थिए । 

सहकारीको बचत दुरुपयोग गरेको आरोप लामिछानेमाथि लागेको छ । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ भने संसदीय छानबिन समितिले लामिछानेसँग ९ घण्टा बयान लिएको थियो। 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update