Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी ठगीमा नाम जोडिएपछि धनराज गुरुङले भने– ममाथि संसदीय छानबिन गरियोस् 

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले आफूमाथि सहकारी गठीमा आरोप लागेको विषयमा संसदीय छानबिन गर्न चुनौती दिएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले आफूमाथि संसदीय छानबिन गर्न भनेका हुन् । यसलाई आफूले सुवर्ण अवसरको रुपमा लिने उनले बताए । ‘संसदीय छानबिनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ’, गुरुङले भने । 

सहकारी ठगी प्रकरणमा जोडिएकी पत्नी ज्योति गुरुङसँग २०७६ फागुनमा नै आफ्नो सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने भन्दै उनले आफूमाथि छानबिन गर्न आग्रह गरेका हुन् । 

बैठकको विशेष समयमा उनले विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको स्मरण गर्दै अहिले पनि आफूमाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गरे । 

कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिन नहुने भन्दै मितेरी सहकारीको रकम अपचलनमा आफूमाथि छानबिनको माग गर्दै बैठकमा उनले भने, ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु ।’

यसअघि सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद गणेश पराजुलील धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update