Odapalika - The Fourth Estate - चौथो अंग
वडाध्यक्ष, सचिव र सहयोगी घुस रकमसहित पक्राउ 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २४ का वडाध्यक्ष, सचिव र सहयोगी घुससहित पक्राउ परेका छन् । 

जनकपुरधाम उपमहानगर २४ नम्बर वडाका वडाध्यक्ष उपेन्द्र सहनी, सचिव उपेन्द्र साह र सहयोगी विजय मण्डललाई सेवाग्राहीसँग घुसवापत लिएको चार लाख रुपैयाँभन्दा बढी रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ ।

घरबाटो सिफारिसका लागि उनीहरुले घुस लिएको अवस्थापमा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update