Odapalika - The Fourth Estate - चौथो अंग
अंगालो हाल्दै मिले उपमेयर र कर्मचारी, गेट पनि खुल्यो (फलोअप)

रुकुम पश्चिम । कर्मचारीमाथि हातपात भएको भन्दै रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको कार्यालयको गेटमा लागेको ताला खुलेको छ । 

उपप्रमुख बिमलकुमार पुनले नगर शिक्षा, युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि हातपात गरेको भन्दै कर्मचारीले आइतबार नगरपालिका कार्यालयको मुख्य गेटमा तालाबन्दी गर्दै सेवा ठप्प पारेका थिए । नगर उपप्रमुख र शिक्षा शाखाका निमित्त प्रमुख ओलीबीच मेलमिलाप भएपछि ताला खुलेको हो ।

उपप्रमुख पुनले कर्मचारीप्रति आफ्नो कुनै रिस नभएको र कर्मचारीको सुरक्षाप्रति संवेदनशील रहेन प्रतिवद्धता जनाएपछि कर्मचारीले जारी आन्दोलन फिर्ता लिदै उपप्रमुख विरुद्धको जाहेरी फिर्ता लिएका छन् । 

शिक्षा प्रमुख ओली र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्कालाई दुइतिर राखेर अंगालो हाल्दै पुनले मिलेको सन्देशसहितको तस्वीर पनि सार्वजनिक गरेका छन् । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले आज बिहानै विज्ञप्ति जारी गर्दै ताला खोलेर सेवामा फर्किन आह्वान गरेका थिए ।

याे पनि...

कर्मचारी कुटपिट प्रकरणः आन्दोलित कर्मचारीको मागमा प्रशासकीय अधिकृतको ऐक्यवद्धता 

मुसिकोटका उपप्रमुख भन्छन्ः कर्मचारी कुटेको छैन, अनियमितता रोक्न खोजेको हो 

कर्मचारीलाई ३ मुक्का हानेर घाइते बनाउने उपमेयरविरुद्ध किटानी जाहेरी 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update