Odapalika - The Fourth Estate - चौथो अंग
मनसुनी वायुको प्रभावः ५ वटा प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि साधारणतया बदली हुने बताएको छ । 

देशभर मनसुनी वायुको प्रभाव रहेको कारण पानी पर्ने सम्भावना अझै टरिनसकेको विभागको भनाइ छ । विभागका अनुसार कोशी  र गण्डकी प्रदेशका एक–दुई  स्थानमा विहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

राति  देशभर आंशिकदेखि साधारणतया बदली हने अवस्था छ भने  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  केही  स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षासक्ने विभागको आकलन छ । 

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update