Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगरले दियो श्रम बैंक र प्रधानमन्त्री रोजगारमार्फत् १ हजार ८५७ जनालाई रोजगारी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले श्रम बैठक र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक हजार ८५७ जनालाई रोजगारी दिएको छ । 

आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समीक्षाका क्रममा महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालले श्रम बैंकमा आवद्ध भएका ८५७ जनालाई रोजगारी दिएको जानकारी गराएका हुन् । 

उनका अनुसार ८५७ जनामध्ये ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएको छ । 

साथै काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप १ हजार जनालाई रोजगारी प्रदान गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update