Odapalika - The Fourth Estate - चौथो अंग
नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना 

काठमाडौं । भदौ २६ देखि ३१ भदौसम्म काठमाडौंमा हुने नाडा अटो शोमा विभिन्न अटोमोवाइल्स कम्पनीका १२० वटा स्टल राखिने भएको छ । 

१५औं संस्करणको प्रदर्शनीमा ७५ हजारभन्दा वढी आगन्तुकलाइृ विभिन्न ब्राण्डका सवारीसाधन देखाउने लक्ष्यका साथ सुरु हुन लागेको यो शो भृकुटीमण्डपमा आयोजना हुने आयोजकले जनाएका छन् । 

टाटा मोटर्स जेनुइन आयल मुख्य प्रायोजक रहेको शोमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड ले सहप्रायोजन गर्ने टुंगो लागेको छ । 

प्रर्दशनी अवलोकन गर्न खल्ती एप्सबाट टिकट काट्न सकिने छ भने अफिसियल इन्टरनेट पार्टनरमा वर्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवं हस्पिटालिटी पार्टनरमा फ्रन्टलाइन हस्पिटल छन् ।

व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजनले व्यवसथपन गर्ने प्रर्दशनीले हाल सुस्ताउँदो बजारलाई गति दिने आयोजकहरुको भनाइ छ । 

नाडा अटो शो २०२३ ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याई छ । प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विस्वास छ ।

प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी सस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको सन्दर्भमा, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रदर्शनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने आयोजकलेआज पत्रकार सम्ममेलन गरेर जानकारी दिएका छन् ।  

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, व्याटरी, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरु सहभागी हुनेछन् । 

प्रदर्शनीलाई वढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने वित्तिय सेवा, विक्रीपछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन्न्भने अटो सम्बन्धी जानकारी दिने म्यागेजिन तथा पत्रपत्रिकाहरूका लागि पनिसाझा मिडिया स्टलको व्यवस्था गरिएको नाडाले जनाएको छ । 

यसपटक ट्राफिक जनचेतनाका लागिसमेत बेग्लै स्टल राखिने भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौंको सूचनाकक्ष समेत प्रदर्शनीमा रहने छ ।

प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाडौँ मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्यूटावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिने  नाडाका अध्यक्ष ध्रुव थापाले जानकरी दिए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update