काठमाडौँ । शसस्त्र प्रहरी बलले भन्सार छलेर ल्यायएको ८ लाख रुपेयाँ बरावरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर झापाले मेचीनगर नगरपालिका ६ तुर्केनी सीमा इलाकाबाट अन्दाजी ८ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा टिनले छाएको कच्ची गोदाममा लुकाई छिपाई राखेको अवस्थामा उक्त कपडा बरामद गरेको हो । बरामद गरिएको समान आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय झापामा पठाउने तयारी भईरहेको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।
गणवाट सीमा ईलाकामा सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेको कमाण्डमा खटिएको ९ जनाको मोबाईल गस्ती टोलीले मेचीनगर नगरपालिका ६ तुर्केनी सीमा इलाकाबाट उक्त कपडा बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर झापाका सुचना अधिकारी एवं निमित्त कार्यालय प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले जानकारी दिए ।
टोलीले गत साउनयता २ करोड ४३ लाख ६६ हजार ४१ रुपैया बराबरको अवैध समान बरामद गरिसकेको पोख्रेलले जानकारी दिए ।
मुल भन्सार कार्यालयको सुरक्षा तथा चोरी तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले झापाका विभिन्न स्थानमा नियमित चेकजाँच गर्ने गरेको छ भने मोबाईल टोली परिचालन गरेर रात्री गस्तीसमेत गर्ने गरेको छ ।