Odapalika - The Fourth Estate - चौथो अंग
लुम्बिनीको सभामा स्थानीय सेवा विधेयक पेस

काठमाडौँ । लुम्बिनी प्रदेशसभामा आज  स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । 

प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस गरेकी हुन् । 

भदौ ६ गते बसेको प्रदेश सभाको २७औँ बैठकले प्रतिवेदन सहित पेस भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । समितिले विधेयक माथि पुनः छलफल गरेर आज  बैठकमा पेस गरेको हो ।

प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले छलफलपछि प्रतिवेदन सहितको विधेयक सभामा पेस गरिएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update