Odapalika - The Fourth Estate - चौथो अंग
६२औं वार्षिकोत्सव मनाउँदै साल्ट ट्रेडिङ

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आज (बिहीवार) ६२औं वार्षिकोत्सव मनाउँदै छ ।

सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु विक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग र्पुयाइरहेको कर्पोरेशन सबल, सुदृढ र परिपक्व बन्दै गएको छ ।

साल्ट ट्रेडिङ सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा स्थापित नेपालको पहिलो संस्था हो । यसमा सरकारको वाणिज्य विभागको ११ दशमलव ५९ प्रतिशत शेयर छ भने तत्कालीन नेशनल ट्रेडिङ कर्पोरेशनको ९ प्रतिशत शेयर छ । 

साल्ट ट्रेडिङ बन्नुअघि सरकारले विभिन्न क्षेत्र र मात्रा तोकेर विभिन्न व्यक्तिलाई नून आयातकोे अनुमति दिँदै आएको छ । साल्ट ट्रेडिङ विभिन्न चुनौती, उतारचढाव, आरोह–अवरोह पार गर्दै अघि बढेको संस्था हो । संस्थाले अहिले आफ्नो उद्देश्यअनुसार गुणस्तरीय विक्रीवितरण, मूल्यमा एकरूपता र उपलब्धतामा सुनिश्चितता जस्ता मूल मन्त्र बनाएर सेवा दिइरहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले गुणस्तरीय वस्तुको कारोबार गरी आम उपभोक्तालाई गुणस्तरयुक्त खाद्य वस्तु, रासायनिक मल तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व वहन गर्दै समेत आएको छ । ठूलो मात्रामा वस्तु विक्री गरेर नाफामूलक संस्थाको रूपमा कम्पनीले आफूलाई स्थापित गराएको कम्पनीका विभागीय प्रबन्धक व्रजेशकुमार झा बताउँछन् । ‘आम उपभोक्ताको सेवामा निरन्तर साल्ट ट्रेडिङ कर्पोरेशन व्यापारमा सफल मात्र भएको छैन, सार्वजनिक संस्थानमध्ये नाफा आर्जन गर्न सक्ने संस्थाको रूपमा समेत स्थापित भएको छ,’ झाले भने ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update