Odapalika - The Fourth Estate - चौथो अंग
बालुवाटार पुगेका प्रचण्डसँग ओली र देउवाको के भयो कुराकानी ?

काठमाडौँ । संघीय संसदमा प्रमुख तीन दलका शीर्षनेताबीच छलफल भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्तासाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको हो । 

बालुवाटार पुगेका प्रचण्डसँग ओली र देउवाले संवैधानिक परिषद् बैठकबारे छलफल गरेका हुन् । संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्ष दल सदस्यको रुपमा सहभागी हुने संवैधानिक व्यवस्था छ । 

जसअनुसार सत्तारुढ दलका शीर्ष नेताद्वय ओली र देउवाले प्रचण्डसँग छलफल गरेका हुन् । प्रधानमन्त्री ओली शुक्रबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । 

संवैधानिक परिषद्को बैठकका विषयमा देउवा र प्रचण्डसँग परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

परिषद्को बैठक शुक्रबार साँझ ५ बजेका लागि बोलाइएको छ । यसअघि बैठकमा राख्ने प्रस्तावलगायतका समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update