Odapalika - The Fourth Estate - चौथो अंग
कान्छी श्रीमती भित्र्याएर कतार हिँडेका युवक विमानस्थलमै पक्राउ परेपछि...

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार हिँडेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनी बहुविवाहको आरोपमा पक्राउ परेका हुन् । बहुविवाहको आरोपमा गोरखा आरुघाट गाउँपलिका–६ का २८ वर्षीय सुरज गुरुङ हुन् । 

वैदेशिक रोजगारीका लागि कतार जान विमानस्थल पुगेका उनलाई सूचनाका आधारमा पक्राउ गरी अनुसन्धान थालिएको गोरखा प्रहरीले जनाएको छ । 

उनकी जेठी श्रीमती रिता गुरुङले दिएको जाहेरीका आधारमा सुरजलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रिताले यही भदौ २३ जिल्ला प्रहरी कार्यालय गोरखामा बहुविवाहको जाहेरी दर्ता गरेकी थिइन् । 

यसलगत्तै विदेश जान लागेको थाहा पाएपछि गोरखा प्रहरीले अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँग आवश्यक समन्वय गरी उनलाई पक्राउ गरेको हो । 

सुरजकी कान्छी घतानेसँग बहुविवाह गरेको जेठी श्रीमती रिताले दाबी गरेकी छन् । सोमबार जिल्ला अदालत कार्यालयबाट पक्राउ पुर्जी लिएको प्रहरीले बिहीबार अदालतबाट अनुमति लिएर हिरासतमा राखी अनुसन्धान गर्नेछ । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update