Odapalika - The Fourth Estate - चौथो अंग
साल्ट ट्रेडिङ्गलाई व्यावसायिक बनाउने प्रतिवद्धता 

काठमाडौँ । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ्गलाई अझ व्यावसायिक र उन्नत बनाउन आवश्यक रहेको बताएका छन् । 

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ६२औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको भन्दै कतिपय मिसावट खाद्य वस्तुहरु पनि बजारमा रहेको भन्दै मन्त्रालयले त्यसको नियमन अनुगमन गरिरहेको बताए । 

उनले भने, ‘अहिलको बजारमा व्यवसायिकतमा कसरी साल्ट ट्रेडिङ्गलाई अझ उन्नत बनाउने भन्ने सोच्न आवश्यक छ । अत्यावश्यक वस्तु, गुणस्तरीय वस्तु आज कतिपय मिसावट खाद्य वस्तुहरु पनि बजारमा छन् । त्यसको पनि नियमन या हामीले अनुगमन गरिरहेका छौं ।’

उनले साल्टलाई साल्टमा मात्रै सिमित नराखी साल्ट ट्रेडिङ्ग भन्ने वित्तिकै विश्वासिलो, अभावको अन्त्य गर्ने चाँडै उपलब्ध गर्न सकिने गरी कार्ययोजना बनाउन आवश्यक आवश्यक रहेको बताए । 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ व्यावसायिक कारोबारका साथै सामाजिक सेवामा निरन्तर सक्रिय रहेको बताइन् । कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एव सर्वसुलभतालाई मूल मन्त्रको रुपमा लिदै त्यही मूल्य मान्यता अनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै जानकारी दिइन् । श्रेष्ठले भनिन्, ‘कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नुन लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशकभन्दा बढी समय पुरा गरेको छ । उपभोक्ताको घर दैलोमा सेवा पुरÞ्याउने यात्रालाई निरन्तरता दिएको छ । कर्पोरेशनले आम जनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास समेत सामान्य अवस्थामा आफ्नै आउट लेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुरÞ्याएर भए पनि सेवा दरिरहेको छ ।’

कर्पोरेशनले प्रदान गर्ने यसवर्षको लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारको लागि मानव कल्याण समाज काभ्रेपलान्चोक छनौट गरिएको छ । उक्त संस्थालाई ताम्रपत्र सहित १ लाख नगद प्रदान गरिने छ । कर्पोरेशनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएका अग्रजहरुको नाममा कर्पोरेशनले विभिन्न पुरस्कार र छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । 

संस्थाका आदर्श पुरुष हेमबहादुर मल्लको नाममा स्थापित सम्मान कार्यक्रम नेपाल जनप्रशासन संघसँगको सहकार्यमा केही समय अघि सम्पन्न भएको थियो । एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीलाई साल्ट ट्रेडिङ अनङमान शेरचन छात्रवृत्ति प्रदेश कार्यालय भैरहवाका कर्मचारी सुनिता गौतमको छोरा जतिन गौतमलाई प्रदान गरिएको छ भने साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रवृत्ति प्रदेश कार्यालय काठमाडौका कर्मचारी राजन लामाको छोरी निमासङ लामालाई प्रदान गरिएको छ ।

छात्रवृत्तिको लागि प्रमाण पत्र सहित मासिक रुपमा ५ का दरले २ वर्ष सम्म उपलब्ध हुने छ । यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वरप्रसाद साह, ननअधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय बिराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक बसन्तकुमार यादव तथा स्तरबिहिन तर्फ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय यामबहादुर मगरलाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरेको छ ।

त्यसै गरी यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई, ननअधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक प्रकाशबहादुर धामी तथा स्तरबिहिन तर्फ प्रदेश कार्यालय पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी द्धितिय धनबहादुर झाक्री मगरलाई ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । 

ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित नगद ४० हजार र हेम बाहदुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित ३५ हजार राशिको छ । कर्पोरेशनले नून जस्तो अत्यावश्यक वस्तु दूरदराजका उपभोक्ताहरु माझ सर्वसुलभ रुपमा उपलब्ध गराएको सेवा भावलाई कदर गर्दै ठूली भेरी नगरपालिका ३, डोल्पाका समाजसेवी डिलबहादुर मल्लले आफ्नो स्वामित्वको ३ कठ्ठा जग्गा कर्पोरेशनको भवन निर्माण गर्न निःशुल्क दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update