Odapalika - The Fourth Estate - चौथो अंग
एमाले प्रवेश गरेकी वडा महिला सदस्य पदमुक्त

काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ५ को दलित महिला वडा सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त भएकी छन् । कांग्रेसबाट दलित महिला सदस्यमा निर्वाचित भएकी उनी एमालेमा प्रवेश गरेपछि पदमुक्त भएको वडाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिए । 

‘उहाँ कांग्रेसबाट दलित महिला सदस्यमा निर्वाचित हुनु भएको थियो । पछि एमालेमा जानु भएको थियो । निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेर पदमुक्त भएको जानकारी गराएको छ,’ उनले भने । 

कांग्रेस केन्द्रीय समितिले उनलाई पदमुक्त गर्न आयोगलाई गरेको सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार आयोगले नेपाली राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को नियम २२ को उपनियम २ र ३ बमोजिम उनलाई पदमुक्त गरेको हो । 

आफूलाई पदमुक्त गर्ने आयोगको निर्णयविरुद्ध उनी अदालत जान पाउने संवैधानिक अधिकार रहेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update