Odapalika - The Fourth Estate - चौथो अंग
९९ हजार रुपैयाँ घुस लिएका साइबर ब्युरोका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बुद्धिप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 

सेवाग्राहीसँग ९९ हजार रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । 

साइबर अपराधको मुद्दा मिलाई दिन्छु भनेर सेवाग्राहीसँग ९९ हजार घुस लिएकाले उनीविरुद्ध मुद्दा दर्ता गरेको आयोग प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

प्रहरी निरीक्षक सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ९९ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसा बिगो बमोजिम जरिमाना हुन मागदावी लिई मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update