Odapalika - The Fourth Estate - चौथो अंग
१०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त, कहाँ कसलाई जिम्मेवारी ?  

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ । 

हाल १२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ । 

पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु हुन् ।

१३ भदौमा एकैदिन १०६ जना शाखा अधिकृतहरु स्टाफ कलेजबाट दीक्षित भएका थिए । त्यसमध्ये ३ जनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोपमा पदस्थापन भएको छ भने ३ जना महिला कर्मचारीहरुको स्वास्थ्य समस्याका कारण पदस्थापनको निर्णय भएको छैन ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि १३ भदौमा दीक्षान्त समारोह गरेको थियो ।

उनीहरुलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकामध्ये आफूलाई पायक पर्ने र इच्छा भएको गाउँपालिका रोज्न दिइएको थियो । त्यसकै आधारमा सरुवाको निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यी हुन् नयाँ प्रमुख प्रशासकीय अधिकृत 


 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update