Odapalika - The Fourth Estate - चौथो अंग
लिजामा उत्कृष्ट भएको इलाम नगरपालिकासहितका पालिका प्रमुखलाई कांग्रेसको सम्मान 

काठमाडौँ । इलामको इलाम नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा  कोशी प्रदेशबाट उत्कृष्ट भएपछि काठमाडौँँमा सम्मान गरिएको छ । 

नेपाली कांग्रेस केन्द्रीय समितिले लिजामा उत्कृष्ट भएका पार्टीका तर्फबाट नेतृत्व गरेका पालिकाका प्रमुखहरुलाई सम्मान गरेको हो । 

इलाम नगरपालिका उत्कृष्ट ठहरिएपछि पालिका प्रमुख केदार थापालाई एक समारोहबीच सम्मान गरिएको छ ।

विहीबार काठमाडौंमा आयोजित बृहत समारोहकाबीच इलाम नगरपालिकासहित उत्कृष्ट हुने २१ स्थानीय तहलाई सम्मान गरेको हो । उत्कृष्टहरुलाई सभापति शेरबहादुर देउवा एवम पार्टीका पदाधिकारीहरुले सम्मान गरेका हुन् ।

कांग्रेसले आफ्ना पार्टीका तर्फबाट आर्थिक वर्ष २०७९–८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट हुने चार गाउँपालिका र तीन नगरपालिका गरेर सात स्थानीय तहलाई सम्मान गरेको हो । 

यस्तै  २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा चार गाउँपालिका र चार नगरपालिका गरेर आठवटा स्थानीय तहलाई सम्मान गरिएको हो  ।

यस्तै महालेखापरीक्षकको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन अनुसार कम बेरुजु हुने तीन गाउँपालिका र तीन नगरपालिका गरेर ६ स्थानीय तहलाई पनि सम्मान गरेको छ ।

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा व्यवस्थापन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन यसका सूचक थिए । मेयर केदार थापाले नगरले मिहिनेनतपूर्वक काम गरेकाले यो सफलता हासिल भएको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update