Odapalika - The Fourth Estate - चौथो अंग
इनार मर्मत गर्दा पनि स्वीकृति लिन पुरातत्वको स्थानीय तहलाई निर्देशन !

काठमाडौँ । पुरातत्व विभागले स्थानीय तहमा भएका सार्वजनिक र ऐतिहासिक महत्वको इनार मर्मत गर्नुअघिसमेत आफ्नो अनुमति लिन स्थानीय तहलाई परिपत्र गरेको छ । 

पुरातत्व विभागकी अधिकृत धृता कुमारी खत्रीले ६ भदौमै स्थानीय तहलाई पत्राचार गर्दै सम्पदा पुनःनिर्माण र मर्मत अघि आफ्नो स्वीकृति अनिवार्य  लिन भनेको हो । 

‘प्रत्येक स्थानीय तहले आफ्नो कार्य क्षेत्रभित्र भएका पुरातात्विक महत्वका मठमन्दिर, सत्तल, ढुंगेधारा र इनार आदिको पुनःनिर्माण जिर्णोद्धार मर्मत गर्दा पुरातत्व विभागको स्वीकृति लिनुपर्ने,’ पुरातत्वले देशभरका स्थानीय तहलाई गरेको पत्राचारमा भनिएको छ । 

विभागले प्राचीन स्मारक र पुरातत्व सम्वन्धि ऐतिहासिक वा कलात्मक वस्तुहरुको संरक्षणको अधिकार संघीय तहमा भएको भन्दै यी सम्वन्धि ऐन र नियमावली बमोजिम मात्र मर्मत र पुनःनिर्माण गर्न भनेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update