Odapalika - The Fourth Estate - चौथो अंग
जुवा खेलिरहेका गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ, साढे १८ लाख रुपैयाँ बरामद

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित नौजना जुवा खेलिरहेका अवस्थामा पक्राउ परेका छन् । ग्रामथान गाउँपालिका–४ बाट जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १८ लाख ५१ हजार ५०० रुपैयाँ,१६ थान कौडा, १२ बुक तास, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइल बरामद गरिएको छ । 

शनिबार राति बाँस घारीभित्र बनाइएको टहरामा जुवा खेलिरहेको अवस्थामा गाउँपालिकाका पूर्वअध्यक्ष माझीसहित महेश साह, युवक राई, किशोर साह, ऋतुवर्ण नेम्वाङ, जनककुमार मास्के, प्रताप राई, अहिलाल माझी र लोकनाथ सापकोटालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

माझी २०७४ सालको स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update