Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरले गर्‍यो २ लाख २२ हजार नगदसहित प्यारालिम्पिक पदक विजेता पलेशालाई सम्मान

कास्की । पोखरा महानगरपालिकाले पेरिस प्यारालिम्पिक २०२४ पदक विजेता पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशालाई पोखरा महानगरले २ लाख २२ हजार २२२ नगदसहित सम्मान गरेको हो । 

आइतबार पोखरा महानगरका मेयर धनराज आचार्यले पलेशालाई २ लाख २२ हजार २२२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै सम्मानपत्रले सम्मान गरेका हुन् । 

कार्यक्रममा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update