Odapalika - The Fourth Estate - चौथो अंग
बञ्चरेडाँडामा फोहोर फाल्न जनप्रतिनिधिकै अवरोध 

काठमाडौं । ककनी गाउँपालिका र धुनीबेसी नगरपालिका स्थानीयले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध सृजना गरेका छन् ।

स्थानीय जनप्रतिनिधिसमेत काठमाडौँको फोहोर विर्सजन गर्न नदिने स्थानीयको आन्दोलनमा सहभागी छन् । 

संघीय सरकार र काठमाडौं महानगरपालिकाले स्थानीयको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै स्थानीयहरूले सोमबारबाट फोहोर फाल्न दिएका छैनन् ।

स्थानीयले बिहानैदेखि ककनी र धुनीबेसीको सीमानामा अवरोध गरेपछि काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बाटोमै रोकिएका छन् । स्थानीयबासीको आन्दोलनमा स्थानीय जनप्रतिनिधिहरू समेत सहभागी छन् ।

ककनी गाउँपालिकाको १२औं सभाले फोहोरका कन्टेनरको प्रवेश शुल्क १ साउनदेखि ठूला प्रतिगाडीलाई १ हजार ५ सय र १ हजार रूपैयाँ लिने निर्णय गरेको थियो ।

त्यसकाविरुद्ध फोहोर संकलन गर्ने निजी संघसंस्थाको छाता संगठन फोहोरमैला व्यवस्थापन संघले आइतबार मुद्दा दर्ता गरेको छ । त्यसको पेसी आजका लागि तोकिएको छ ।  

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update