Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभा बैठक आज, प्रधानमन्त्रीले सांसदहरूको सामना गर्दै 

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि बोलाइएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम छ । 

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको संसद सचिवालयले जनाएको हो । 

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम आजको बैठकमा हुनेगरी निर्धारण गरेका थिए । यसपटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने सभामुख घिमिरेले बताएका छन् ।


 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update