Odapalika - The Fourth Estate - चौथो अंग
बालेनसँग रिसाएका प्रधानमन्त्रीले गरिदिए काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौं । संघीय सरकारले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको सरुवा गरिदिएको छ ।

गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा गरेको हो । उनी काठमाडौँ महानगरसको प्रमुख प्रशासकीय अधिकृत भएको ७ महिना मात्रै भएको हो ।

सरकारले सहसचिवहरुको सरुवा गर्ने क्रममा काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको हो । विहीबारको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको सरुवा गरेको थियो ।

सरकारले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोजप्रसाद गुरागाईंलाई पठाएको छ । उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच सार्वजनिक मञ्च तथा सामाजिक संजालहरुमा वाकयुद्ध नै चलेको छ । 

यस्तै, सरकारले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याकृष्ण थापालाई पनि सरुवा गरेको छ । उनलाई सरुवा गरेर गृह मन्त्रालय ल्याइएको छ । थापाको ठाउँमा सहसचिव शिवराज चौलागाईंलाई पठाइएको छ । चौलागाईं दलित आयोगमा थिए । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update