Odapalika - The Fourth Estate - चौथो अंग
बिहानै राहुकाल, यस्तो छ १२ राशिको दैनिक फल 

आजको पञ्चाङ्ग 

तिथिः त्रयोदशी  । नक्षत्रः धनिष्ठा । करणः गर । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः ५० । सूर्यास्तः १८ः ०५ । दिनमानः ३०ः ३९ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

पराक्रम बढ्नेछ । सुखद यात्रा हुनेछ । आजको दिन फलदायक छ । भाइबन्धुसँग दिन बित्नेछ । अचानक धनप्राप्ति हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

आजको दिन फलदायक छ । घरजग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । मनोरञ्जन र भेटघाटमा दिन बित्नेछ । आर्थिक वृद्धि हुनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

तपाईँको आज विद्याको ढोका खुल्नेछ । शत्रु परास्त हुनेछन् । यात्रा सुमधुर र रमणीय हुनेछ । सन्तानको प्रगति सुन्न पाइनेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

काममा विशेष रोकावट हुन सक्नेछ । गरेको कामबाट असन्तोष  हुनेछ । खर्चिलो दिन रहेको छ । स्वस्थ्यको पनि विशेष ख्याल राख्नुहोला । शत्रुपक्ष बलियो देखिन्छ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

आजको कार्य सफल हुनेछ । जोश जाँगरले काम बन्नेछ ।  कर्म अनुसारको फल प्राप्त हुनेछ । परिवारको पूर्ण साथ रहनेछ । 

कन्या  (टो प पि पु ष ण ठ पे पो)

गरेको कामको जस शत्रुले लिनेछन् । वादविवादमा पर्न सकिन्छ । मन अस्थिर हुनेछ । आज लेनदेन नगरेकै राम्रो हुनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन आनन्ददायक रहनेछ । कुनै महत्वपूर्ण सामान पाउनु हुनेछ । सन्तानको पूर्णसाथ पाइन्छ । आजको धार्मिक यात्रा रमाइलो रहनेछ ।     

वृश्चिक  (तो ना नि नु ने नो या यि यु )

आज तपाईँको सन्तोषका साथ बित्नेछ । गरेको कामबाट सन्तुष्ट हुनुहुनेछ । साथीभाइसँग मनोरञ्जनपूर्ण र रमाइलो गरी दिन बित्नेछ । कर्म क्षेत्र बलियो देखिन्छ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

समय अनुकूल रहेकाले आय बढ्नेछ । आजको दिन मनमा खुसी छाउने छ । तपाईँको पराक्रमले काम  बन्नेछ । सुखद यात्रा हुनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

धनको क्षति तथा खर्चको योग देखिन्छ । सामान गुमाउनु पर्नेछ । भोजभतेर र खानपिनमा समय खर्चिनु पर्नेछ । दिन सामान्य रहेको छ ।

कुम्भ  ( गु गे गो सा सि सु से सो दा )

आज घुमफिरको कारणले मन उत्साही हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । स्वास्थ क्षेत्र सबल रहन्छ । सबैको साथ पाउनुहुने देखिन्छ । 

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

सोचेभन्दा बढी आम्दानी हुनेछ । यात्रा रमाइलो र अर्थपूर्ण हुनेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्थायी धन जोडिएला ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update