Odapalika - The Fourth Estate - चौथो अंग
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन, कहाँ–कहाँ हुँदै छ चुनाव ? (तालिकासहित)

काठमाडौँ । सरकारले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिर १६ गते गर्ने भएको छ । निर्वाचन आयोगको सुझावअनुसार सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।  

आइतबार दिउँसो निर्वाचन आयोगले सुझाव दिएपछि बसेको मन्त्रिपरिषद बैठकले आउँदो मंसिर १६ मा उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  

उनका अनुसार तीन स्थानीय तहमा प्रमुख तथा अध्यक्षसहित ३९ रिक्त पदमा उपनिर्वाचन हुनेछ ।

जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी देहायका जम्मा ३९ रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुने भएको हो । 

निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगपालिका, मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । 

यसैगरी, दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त रहेको छ ।

रुकुम पूर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको छ भने गुल्मी छत्रकोट गाउँपालिकाकी दलित महिला सदस्य उर्मिला आचार्य नेपाली यही भदौ २७ गते पदमुक्त भएकी थिइन । यसबारे औपचारिक जानकारी आएमा मंसिर १६ मै उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।

यी ३९ स्थानमा हुनेछ उपनिर्वाचन :

ele-1-1726465912.JPG
 

ele-2-1726465895.JPG
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update