काठमाडौँ । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमार सोमबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सूचना जारी गरी सोमबार मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
साथै, मधेश प्रदेश सरकारले पनि सोमबार सार्वजनिक बिदा दिएको छ । गृह, संचार तथा कानुन मन्त्रालयका अनुसार सोमबार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ ११:५६
प्रतिक्रिया दिनुहोस्