Odapalika - The Fourth Estate - चौथो अंग
सीमाबारे विवादास्पद अभिव्यक्ति दिने सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग

काठमाडौँ । नेपालको सीमाबारे विवादास्पद अभिव्यक्ति दिएका नेकपा एकीकृतका सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरिएको छ । 

सोमबार प्रतिनिधिसभा बैठकमा एमालेका सांसद सूर्य ढकालले सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका हुन् । केही दिनअघि सांसद चौधरीले लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतको दाबी पुग्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । 

सोही अभिव्यक्तिलाई लिएर चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सांसद ढकालले माग गरेका हुन् ।

‘संसदबाट सर्वसहमत पास भएको, संविधान संशोधन गरेर अनुसूचीमा उल्लेख भएको विषयवस्तुलाई नेपालको भूभाग होइन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहको मुद्दा लगाउन आग्रह गर्छु’, संसद बैठकमा सांसद ढकालले भने ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update