Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः कहाँ पानी? कहाँ घाम? 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पछिल्ला दिनमा मौसममा सुधार आएको जनाएको छ । तर, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा आज (मंगलबार) हल्का वर्षा हुने सम्भावना रहेको औल्याएको हो ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनसक्ने जनाउँदै विभागले  देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाएको छ । 

बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update