Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी छानबिन समितिको प्रतिवेदन सदनमा पेस, कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन

काठमाडाैँ। सहकारीको अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सदनसमक्ष पेस गरेको छ । 

गएको जेठ १५ गते गठित समिति सभापति सूर्य थापाले सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेका हुन् । सो क्रममा सभापति थापाले छानबिनका क्रममा १४ वटा बैठकमा ४७ जना आरोपित र गोर्खा मिडियाका ५५ जनासँग सोधपुछ गरेको जानकारी दिए ।

उनले ४० वटा सहकारी संस्थाको सहकारी अपचलन सम्बन्धमा अध्ययन गरेको र सो क्रममा समितिले ४५१ जनासँग जानकारी र सुझाव लिएको  जानकारी गराए । 

सोमबार नै प्रतिवेदनलाई अन्तिम रुप दिएर समितिले प्रतिनिधिसभामा पेस गरेको हो । सो प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाउन सभामुख देवराज घिमिरेले संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update