Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी रकम हिनामिनामा रवि लामिछानेलाई कारबाही गर्न समितिको सिफारिस (प्रतिवेदनको पूर्णपाठ)

काठमाडौँ । सहकारीको रकम अपचलनका सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको छ । 

रास्वपाका सांसदसमेत सदस्य रहेको समितिले सोमबार प्रतिनिधिसभा बैठकमा पेस गरेको प्रतिवेदनमा रवि लामिछानेसहित राई, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । 

सोमबार सर्वसम्मतीले तयार भएको र समिति सभापति सूर्य थापाले प्रतितिनिधिसभा बैठकमा पेस गरेपछि सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिइएको प्रतिवेदनमा उनीहरुलाई कारबाही गर्न सिफारिस गरिएको हो । 

‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालीको खातामा आइसकेपछि रकम खर्च गर्ने÷गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने,’ प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनको पूर्णपाठ :


 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update