Odapalika - The Fourth Estate - चौथो अंग
नक्कली सर्टिफिकेट बुझाएर जागिर खाने रामधुनी नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दर्ता 

काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिकाका इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएर जागिर खाएको भन्दै मुद्दा परेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

झुट्टा प्रमाण–पत्र पेस गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने गरी चौधरीले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले ठहर गरेको छ । 

उनलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित गरेको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी लिई मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update