Odapalika - The Fourth Estate - चौथो अंग
संविधान दिवसमा के गर्ने ? यस्ता छन् सरकारका १२ टिप्स 

काठमाडौँ । संघीय सरकारले २ देखि ४ असोजसम्म संविधान दिवस भव्य रुपले मनाउन भन्दै कसरी मनाउने भनेर मातहतका निकायहरुलाई १२ वटा टिप्स उपलव्ध गराएको छ । 

संविधान दिवस मूल समारोह समितिका तर्फबाट गृह मन्त्रालयले देशभरका सरकारी निकाय र स्थानीय तहसमेतलाई पत्राचार गर्दै संविधान दिवसमा विविध कार्यक्रम गर्न भनेको हो । 

सरकारले सरकारी निकायका साथै घरघरमा राष्ट्रिय झण्डा फहराउने, दीप प्रज्वलन गर्नेदेखि लिएर सार्वजनिक सवारी साधनमा ३ दिन राष्ट्रिय झण्डा फहराउनसमेत भनेको छ ।

जिल्ला समन्वय समिति प्मुखको संयोजकत्वमा जिल्लाभरका स्थानीय तहका प्रमुख र अध्यक्षहरुसमेतको समिति बनाएर रचनात्मक कार्यक्रमसहित दिवस मनाउन सरकारको आग्रह छ । 

विद्यालयहरुलाई समेत मनाउन भनिएको यो दिवसका दिन ऐतिहासिक जनआन्दोलनका घाइतेहरुलाई सम्मान गर्न, सहिद र घाइतेका परिवारलाई सम्मान गर्न भनिएको छ । 

अघिल्लो वर्ष शसस्त्र बिद्रोहका सहिद, वेपत्ता र घाइते भनिएपनि यसपटक यो शव्द सरकारको १२ बुँदे टिप्सबाट हटेको छ । 

सरकारले २ देखि ४ गतेका लागि कार्यक्रम निश्चित गरी सो अनुसार काम गर्नसमेत भनेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update