Odapalika - The Fourth Estate - चौथो अंग
स्वास्थ्यको कार्यसम्पादनमा पहिलो बन्यो मर्स्याङ्दी गाउँपालिका

लमजुङ । लमजुङ जिल्लाको आठ स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा पहिलो बन्न सफल भएको छ । 

स्वास्थ्य कार्यालय लमजुङले स्वास्थ्यसम्बन्धी विभिन्न सूचकका आधारमा कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिकालाई पहिलो घोषणा गरेको हो । 

आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्यसम्बन्धी गतिविधिका मुख्य सूचकहरूका आधारमा मर्स्याङ्दी गाउँपालिकाले ८४ दशमलव ८ अंक ल्याएर पहिलो बनेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । 

मध्य नेपाल नगरपालिका ८४ दशमलब १ अंक ल्याएर दोस्रो बन्दा सुन्दरबजार नगरपालिका ७८ दशमलव ९ अंकका साथ तेस्रो स्थान हासिल गरेको छ । पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने स्थानीय तहलाई पुरस्कारस्वरूप सम्मानपत्र र ट्रफी प्रदान गरिएको छ ।

यसअघि दुई आर्थिक वर्षमा मध्य नेपाल नगरपालिका पहिलो भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update