Odapalika - The Fourth Estate - चौथो अंग
बालेनको तस्बिर अंकित टिसर्ट लगाएका युवालाई वसन्तपुरबाट प्रहरीले हटायो

काठमाडौँ । इन्द्रजात्राको अवसरमा आयोजित समारोहमा हेर्न वसन्तपुर पुगेका काठमाडौँ महानगरका मेयर बालेन शाहको तस्बिर अंकित टिसर्ट लगाएका युवालाई प्रहरीले त्यहाँबाट हटाएको छ । 

काठमाडौँ महानगरपालिकाले हरेक वर्षझै यसवर्ष पनि वसन्तपुरमा इन्द्रजात्रा विशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिको सहभागी हुने गर्छ ।

याे पनि : प्रधानमन्त्री ओलीको स्वागत छल्न इन्द्रजात्रामा भएनन् काठमाडौँका मेयर बालेन 

सोही कार्यक्रममा सहभागी हुन पुगेका बालेनको तस्बिर अंकित टिसर्ट लगाएका युवालाई प्रहरीले वसन्तपुरबाट निकालेको हो ।

balen-(2)-1726576894.jpeg
बालेनको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएका एक दर्जन युवक÷युवतीलाई प्रहरीले वसन्तपुरबाट हटाएको हो ।  

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update