Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरकी उपमेयर डंगोलको स्वागतमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले गरे इन्द्रजात्रा अवलोकन (फाेटाेफिचर)

काठमाडौँ महानगरकी उपमेयर डंगोलको स्वागतमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले गरे इन्द्रजात्रा अवलोकन
काठमाडौं । इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् । 

जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन्

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल यात्रामार्फत हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेर जात्रा अवलोकन गरेका हुन् । 

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउन अनुमति दिएका थिए ।

यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको मंगलबार मुख्य दिन हो । 

जात्रामा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थितिे थियो ।  

उनलाई काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले स्वागत गरकी थिइन् । मेयर बालेन्द्र शाह (बालेन) देश बाहिर भएकाले उपमेयर डंगोलले अतिथिको स्वागत गरेकी हुन् । काठमाडौँ महानगरले आयोजनामा इन्द्रजात्रा विशेष कार्यक्रम हुने गरेको छ । 

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको  विधिपूर्वक पूजा मंगलबार पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । 

Photo-(23)-1726572975.jpg

Photo-(20)-1726572972.jpg

Oli-(6)-1726572970.jpeg

Oli-(5)-1726572968.jpeg

Oli-(4)-1726572964.jpeg

Oli-(3)-1726572962.jpeg

Oli-(1)-1726572957.jpeg

Oli-(2)-1726572956.jpeg

Photo-(19)-1726572891.jpg

Photo-(15)-1726572889.jpg

Photo-(18)-1726572889.jpg

Photo-(17)-1726572887.jpg

Photo-(16)-1726572887.jpg

Photo-(14)-1726572884.jpg

Photo-(13)-1726572882.jpg

Photo-(12)-1726572882.jpg

Photo-(11)-1726572817.jpg

Photo-(10)-1726572816.jpg

Photo-(9)-1726572814.jpg

Photo-(8)-1726572813.jpg

Photo-(7)-1726572811.jpg

Photo-(6)-1726572809.jpg

Photo-(6)-1726572807.jpeg

Photo-(5)-1726572807.jpg

Photo-(5)-1726572656.jpeg

Photo-(4)-1726572654.jpg

Photo-(3)-1726572649.jpeg

Photo-(4)-1726572649.jpeg

Photo-(2)-1726572646.jpg

Photo-(2)-1726572645.jpeg

Photo-(1)-1726572641.jpeg

Photo-(1)-1726572641.jpg


 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update