Odapalika - The Fourth Estate - चौथो अंग
सरकारका प्रवक्ता भन्छन्– जिसस खारेज गरौँ, वडालाई शक्तिशाली बनाऔँ

काठमाडौँ । सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिसस खारेज गर्नुपर्ने बताएका छन् । 

‘संविधान कार्यान्वयनको १० वर्ष, अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने भन्दै देशभर रहेका ७५३ वटा पालिका पनि नचाहिने बताए । 

अब संविधान संशोधन गर्दा जिसस खारेज गर्नुपर्ने बताएका उनले जिसस किन र कसरी ल्याइएको थाहा नै नभएको अभिव्यक्ति दिए । जिससले एक प्रतिशत पनि काम गर्न नसकेकाले खारेज गर्नुपर्ने उनको भनाइ छ । 

७५३ वटा सरकार नै नचाहिएको बताउँदै सरकारका प्रवक्ता गुरुङ वडालाई शक्तिशाली बनाउनुपर्ने बताए । जिसस खारेज र ७५३ वठा पालिका नचाहिएको बताएका उनले वडामा अध्यक्ष र उपाध्यक्ष रहने व्यवस्था गर्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update