Odapalika - The Fourth Estate - चौथो अंग
सोह्र श्राद्ध शुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ । सोह्र श्राद्ध  शुरु भएको छ। बुधबार प्रतिपदातिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ ।

बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा(परेवा)तिथिलाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । 

मूलवैदिक परम्पराअनुसारको तिथि पत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैन । एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ ।

सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन् । यो वेला गरिने श्राद्धलाई महालयवापार्वण पनि भनिन्छ । 

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ ।

यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update