Odapalika - The Fourth Estate - चौथो अंग
बजेट ल्याउन नसकेपछिः मेयर–उपमेयरले गाडी गुमाए, कर्मचारीले तलब 

काठमाडौँ । असार १० मै ल्याउनुपर्ने बजेट मेयर र वडाअध्यहरुबीचको विवादका कारण आउन नसकेपछि सर्लाहीको हरिवन नगरपालिकामा जनप्रतिनिधिबीच नै आन्दोलन सुरु भएको छ । 

नेतृत्वले बजेट ल्याउन आनाकानी गरेको भन्दै सबै वडाका वडाअध्यषहरुले मेयर र उपमेयर चड्ने गाडीको साँचो खोसेर प्रमुख प्रशासकीय अधिकृतलाइ बुझाइदिएका छन् । 

आइतवार वडाअध्यक्षहरुले गाडीको साँचो नै थुतेर अधिकृतको जिम्मामा दिएपछि सुरुभएको अघिभूत छलफलमा मंगलबारसम्ममा पनि सहमति जुट्न नसकेको  प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाले जानकारी दिए । 

उनका अनुसार वडाका योजनाहरु समेट्ने विषयमा भएको विवादका कारण बजेट नआउँदा मेयर र उपमेयरले सवारी साधनबिहीन हुनुपरेको छ भने कर्मचारीहरुले ३ महिनादेखि तलब खानसमेत पाएका छैनन् । 

स्थानीय विकासका आयोजनासमेत ठप्प भएपछि वडाअध्यक्षहरुले दबाबस्वरूप नेतृत्व चढ्ने सवारी खोसेका हुन् । 

११ वटै वडाका वडाध्यक्षहरूले आइतबार नगर प्रमुख रमेश बुढाथोकी चढ्ने स्कार्पियो तथा उपमेयर हरिमाया घलान चढ्ने सुमो नियन्त्रणमा लिई साँचो प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई बुझाइसकेका छन् । बजेटको छिनोफानो नहुन्जेल साँचो नदिने अडान वडाध्यक्षहरूको छ । नगर सभा उद्घाटन भएको डेढ महिना बितिसक्दा पनि आन्तरिक द्वन्द्वका कारण बजेट आउन सकेको छैन ।

मेयरले एकलौटी रूपमा अघि बढ्न खोज्दा बजेटमा कुरा मिल्न नसकेको बडाअध्यक्षहरुको भनाइ छ । बजेट नआउँदा सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलब, प्रशासनिक खर्चसहित योजनाको काम ठप्प छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update