Odapalika - The Fourth Estate - चौथो अंग
चौथो तहका कर्मचारीको माग– तालिम दिइएकै छैन, बढुवामा भाग लिन दिनुपर्यो

काठमाडौँ । स्थानीय तहको चौथो तहमा कार्यरत स्थायी कर्मचारीले प्रदेश लोकसेवा आयोगले लिने बढुवा विज्ञापनमा सहभागी हुन पाउने व्यवस्था गरिदिन माग गरेका छन् । कोशी प्रदेशका कर्मचारीले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखी यस्तो माग गरेका हुन् ।

उनीहरुले आफूहरुलाई सेवा प्रवेशदेखि अहिलेसम्म तालिम नदिइएको र प्रदेश लोकसेवा आयोगले खुलाएको वढुवा विज्ञापनमा सेवाकालिन तालिम अनिवार्य गरिएकोले आफूहरु अवसरबाट बन्चित हुनु परेको गुनासो गरेका छन् ।

संघीय लोकसेवा आयोगले २०७६ सालमा स्थानीय तहका लागि चौथो तहमा स्थायी कर्मचारी भर्ना गरेको थियो । तर, ती कर्मचारीलाई अहिलेसम्म पनि सेवाकालिन तालिम नदिइएको उनीहरुको भनाइ छ । आफूहरुलाई तालिम नदिइएको तर वढुवा विज्ञापनमा तालिम अनिवार्य भनिएकोले तालिम नभएपनि वढुवा प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था मिलाइदिन उनीहरुको माग छ ।

chautho-taha-karmachari-1726651757.jpg
‘२०७६ सालमा स्थानीय तहको लागि गरिएको विज्ञापनद्धारा सिफारिस भएको चौथो तहका स्थायी कर्मचारीहरुको हालसम्म पनि कोशी प्रदेशद्धारा सेवाकालिन तालिम प्रदान गर्न नसकेकोले हाल कोशी प्रदेश लोकसेवा आयोगद्धारा प्रकाशित वढुवाको सुचना मिति २०८१/०५/३१ विज्ञापन अनुसार सेवाकालिन तालिम अनिवार्य गरिएकोमा यस निर्णयप्रति हामी कोशी प्रदेशमा कार्यरत २०७६ सालमा नियुक्ति भएको सम्पूर्ण चौथो तहका कर्मचारीहरुलाई सेवाकालिन तालिम अनिवार्य नगरी वढुवा विज्ञापनमा फर्म स्वीकृत गर्ने वातावरण मिलाई पाउँ’, कर्मचारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाएको निवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update