Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपालाई प्रदेश अस्वीकार्य, स्थानीय तहको संख्या ५०० भन्दा कम गर्ने 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको संख्या कम गर्न प्रस्ताव गरेको छ । संविधान संशोधनप्रति आफ्नो धारणा स्पष्ट पार्दै रास्वपाले स्थानीय तहको संख्या घटाएर ५०० भन्दा कम गर्न प्रस्ताव गरेको हो ।

काठमाडौँमा भएको राष्ट्रिय भेलामा सभापती रवि लामिछानेले यस्तो प्रस्ताव गरे । उनले प्रदेश संरचना खारेज गर्नुपर्ने पनि बताए । उनले खर्चिलो र बोझिलो भएकोले प्रदेश संरचना स्वीकार्य नभएको पनि बताए । 

तर, रास्वपाले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहने र ५ वटा मन्त्रालय रहने पनि बताएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update