Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको उपनिर्वाचनः असोज १० देखि १६ सम्म दल दर्ता, यस्तो छ मंसिर १६ सम्मको कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । 

आयोगले उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयले सम्पादन गर्ने कामलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरेको हो ।

स्वीकृत कार्यतालिका अनुसार राजनीतिक दलको दर्ताको सूचना असोज ९ मा प्रकाशन गरी १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, असोज १६ भित्र दल दर्ता भएपछि असोज २० मा दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने कार्यतालिका रहेको छ ।

आयोगका  प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आगमी कात्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ देखि निर्वाचन कार्यक्रम संचालन गर्दै मंसिर १६ मा मतदान गर्ने लगायतका ६२ वटा वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको हो ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update