Odapalika - The Fourth Estate - चौथो अंग
बाग्मती सरकारले माग्यो स्थानीय तहमा ७१ जना कर्मचारी, कसरी दिने निवेदन ? 

काठमाडौँ । बागमती प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ । 

उसले एक सूचना प्रकाशित गर्दै प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आज (मंगलबार) देखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् । 

जागिर २०८१ असार मसान्तासम्मका लागि हुने सूचनामा उल्लेख छ ।  

हेर्नुहोस् सूचना 

image1693278423.png
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update